यस निर्देशनालयले सम्पन्न गर्ने कामको प्रकार :
#
|
आयोजना निर्देशक
रमेश कुमार सिंह |
- विभाग अन्तर्गतका वैदेशिक सहायतामा संचालित आयोजनाबाट प्राप्त वार्षिक कार्यक्रम परीक्षण गरी स्वीकृतिका लागि पेश गर्ने तथा बजेट व्यवस्थापनका लागि योजना तथा समन्वय महाशाखासँग समन्वय गर्ने;
- विभाग अन्तर्गतका वैदेशिक सहायतामा संचालित नयाँ आयोजना / योजना स्वीकृतिका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कार्य गर्ने;
- वैदेशिक सहायता तथा दातृ संस्थासँग समन्वय गरी आयोजना तर्जुमा गर्ने;
- विभाग अन्तर्गतका वैदेशिक सहायतामा संचालित आयोजनाहरूको प्रगति प्रतिवेदन तयार गर्ने तथा समीक्षा बैठक सञ्चालन गर्ने ;
- विभाग अन्तर्गतका वैदेशिक सहायतामा संचालित आयोजना तथा कार्यक्रमको भौतिक, आर्थिक, सामाजिक तथा वातावरणीय अनुगमन तथा मूल्याङ्कन; प्रणाली विकास गर्ने;
- साबिकको सिंचाइ आधुनिकीकरण अभिवृद्धि आयोजना र साबिकको प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजनाको इकाई प्रमुखको रूपमा कार्य गर्ने;
- विभाग अन्तर्गतका वैदेशिक सहायतामा संचालित आयोजनाहरूको खरिद सम्बन्धी सम्पूर्ण कार्यमा समन्वय र सहजीकरण गर्ने;
- विभाग अन्तर्गतका वैदेशिक सहायतामा संचालित आयोजनाहरूको समयवद्ध अनुगमन र मूल्यांकन गर्ने ।