भूमिगत जल तथा भौगर्भिक महाशाखा
यस महाशाखा अन्तर्गत तीनवटा शाखाहरु रहेका छन् :
- भूमिगत जल शाखा
- भौगर्भिक अध्ययन शाखा
- पहिरो व्यवस्थापन शाखा
यस महाशाखाले सम्पन्न गर्ने कामको प्रकार :
- भूमिगत जल सिंचाइ विकासको निमित्त आवश्यक नीति नियमको मस्यौदा तर्जुमा गर्ने गराउने तथा स्वीकृतिको लागि महानिर्देशक समक्ष पेश गर्नेे ।
- भूमिगत जल सिंचाइ आयोजनाहरु र पहिरो व्यवस्थापन आयोजनाहरुको पहिचान गर्ने, पहिचान प्रतिवेदन तयार गरी महानिर्देशक समक्ष पेश गर्ने ।
- भुमिगत जल सिंचाइ तथा पहिरो व्यवस्थापन आयोजनाहरूलाई डिजाइन, नक्शाङ्कन, लागत अनुमान तयारीको लागि आवश्यक सहयोग गर्ने तथा यस सम्वन्धि प्राप्त प्रतिवेदनहरुको चेकजांच सम्वन्धि कार्यहरु गर्ने ।
- इन्जिनीयरिङ्ग भौगर्भिक अध्ययन तथा जटिल प्रकृतिको पहिरो व्यवस्थापन सम्वन्धि नीति, कार्यविधि तथा प्राविधिक म्यानुल तयार गरी महानिर्देशक समक्ष पेश गर्ने ।
- विभिन्न जलस्रोत आयोजनाहरूको प्राविधिक प्रतिवेदनमा इन्जिनियरिङ्ग भौगर्भिक क्षेत्र तर्फको कार्य क्षेत्र निर्धारण तथा प्राप्त प्रतिवेदनमा चेकजांच गरी राय सुझाव दिने ।
- विभाग अन्तर्गत सञ्चालित भूमिगत सिंचाइ आयोजना तथा पहिरो व्यवस्थापन आयोजनाहरूको कार्य सम्पादन व्यवस्थापन सम्बन्धी कार्यहरू गर्ने । आयोजनाहरुको अनुगमन तथा सुपरिवेक्षण, रेखदेख गर्ने, आवश्यक निर्देशन दिने, गुणस्तर नियन्त्रण गर्ने / गराउने तथा अनुगमन प्रतिवेदन योजना, कार्यक्रम तथा अनुगमन शाखाको प्रयोजनको निम्ति उपलव्ध गराउने ।
- विभाग अन्र्तगत संचालनहुने वा भइरहेका अन्य आयोजनाहरुको स्वीकृत कार्यक्षेत्र भित्रको पहिरो व्यवस्थापनको लागि आवश्यकता अनुसार प्राविधिक सहयोग गर्ने ।
- महाशाखा अन्तर्गतका कार्यक्रमहरुको बार्षिक कार्यक्रम तथा प्रगति विवरण तयार गर्ने कार्यमा सहयोग गर्ने ।
- भूमिगत जलको सन्तुलित उपयोग सम्वन्धि नीतिनियम, नर्म तयारीमा सहयोग पुर्याउने ।