योजना, कार्यक्रम तथा समन्वय महाशाखा

यस महाशाखा अन्तर्गत तीन शाखा रहेका छन् : 

  • योजना, कार्यक्रम तथा अनुगमन शाखा 
  • अध्ययन, डिजाइन तथा वातावरण शाखा
  • विकास सहायता तथा प्रादेशिक समन्वय शाखा

यस महाशाखाले सम्पन्न गर्ने कामको प्रकार : 

  • जलस्रोत, सिंचाइ, जल उत्पन्न प्रकोप तथा जलाधार व्यवस्थापन क्षेत्रको विकास तथा व्यवस्थापनको लागि आवश्यकता अनुसार उपयुक्त नीति, रणनीति, गुरुयोजना, नियम, ऐन र कानून तर्जुमा गर्ने गराउने कार्यमा आवश्यक सहयोग पुर्याउने ।
  • विभाग अन्तर्गत  संचालनहुने राष्ट्रिय महत्वका तथा पहिचान भएका सिंचाइ, जल उत्पन्न प्रकोप तथा जलाधार व्यवस्थापन आयोजनाहरूको पूर्व सम्भाब्यता अध्ययन, सम्भाव्यता अध्ययन तथा विस्तृत अध्ययन गर्ने गराउने र स्वीकृतिको लागि आवश्यक कार्य गर्ने । साथै यस सम्वन्धित खरीद सम्वन्धि कार्यहरु गर्ने ।
  • जलस्रोत, सिंचाइ, जल उत्पन्न प्रकोप तथा जलाधार व्यवस्थापन पहीरो व्यवस्थापन आयोजनाहरूको विस्तृत अध्ययन प्रतिवेदन, डिजाइन, लागत अनुमान सम्वन्धि कार्यहरु गर्नेे ।
  • वैदेशिक सहायता उपलब्ध गराउन तथा बैदेशिक सहायतामा सञ्चालन हुने आयोजनाको समन्वय गर्ने ।
  • जलस्रोत सम्वन्धी आयोजना / कार्यक्रमहरुको भौतिक, आर्थिक, सामाजिक एवं वातावरणीय अनुगमन तथा मूल्याङ्कनको प्रकृया एवं कार्यविधिहरूको विकास गर्ने ।
  • सम्वन्धित सबै महाशाखाहरू सँग समन्वय गरी प्राप्त वजेट सीमा तथा मार्ग निर्देशन अनुरुप कार्यक्रमहरु तयार गरी निर्णयार्थ पेश गर्ने । नियमित प्रगति विवरण तयार गर्ने, मथिल्लो निकायहरुमा प्रेषित गर्ने तथा प्रगति समीक्षा बैठकको व्यवस्था गर्ने ।
  • बिभागबाट संचालन हुने आयोजनाहरू तथा कार्यक्रमहरूको सञ्चालनबाट वातावरणमा पर्न सक्ने प्रभावहरूको न्यूनिकरणका उपायहरुको अध्ययन मूल्यांकन गर्ने तथा पेश हुन आएका प्रारम्भिक वातावरण परीक्षण तथा वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनहरुको चेक जांच गर्न लगाइ आवश्यक सुझाव सहित स्वीकृतिका लागि सिफारिस गर्ने ।
  • विभिन्न निकाय, अन्तर प्रदेश, संघ र प्रदेश बीच जलस्रोत तथा सिंचाइ क्षेत्रको विकास एवं व्यवस्थापनको लागि आवश्यक समन्वय गर्ने ।
  • द्विदेशीय समिति तथा अन्तर प्रदेश समितिहरूको वैठक सञ्चालन गर्न तथा निर्णय कार्यन्वयन गर्न आवश्यक समन्वय गर्ने ।

इजी जि. सि.

सि. डि. ई (शाखा प्रमुख) अध्ययन डिजाइन तथा वातावारण शाखा
दिनेश रजौरिया

दिनेश रजौरिया

उप-महानिर्देशक योजना, कार्यक्रम तथा समन्वय महाशाखा
सुष्मा  चौधरी

सुष्मा चौधरी

सि.डि.इ . (शाखा प्रमुख) योजना, कार्यक्रम तथा अनुगमन शाखा
बुद्धरत्न तुलाधर

बुद्धरत्न तुलाधर

सि.डि.इ. (शाखा प्रमुख) विकास सहायता तथा प्रादेशिक समन्वय शाखा