जल उत्पन्न प्रकोप व्यवस्थापन महाशाखा

यस महाशाखा अन्तर्गत तीनवटा शाखाहरु रहेका छन् :   नदी व्यवस्थापन शाखा जलाधार व्यवस्थापन तथा प्रविधि विकास शाखा आपतकालीन व्यवस्थापन शाखा

यस महाशाखाले  सम्पन्‍न गर्ने कामको प्रकार : 

  • जल उत्पन्न प्रकोप व्यवस्थापन, जलाधार व्यस्थापन तथा आपतकालिन व्यस्थापन सम्बन्धी नीति निर्माण, निर्देशिका, कानून, नियमावली तर्जुमा गरी महानिर्देशक समक्ष पेश गर्ने ।
  • अध्ययनको क्रममा रहेका विभाग अन्र्तगत संचालन हुने जल उत्पन्न प्रकोप व्यवस्थापन तथा जलाधार ब्यवस्थापन आयोजनाहरुको पहिचान गर्ने तथा थप अध्ययनको लागि आवश्यक राय सुझाव दिने ।
  • विभाग अन्तर्गत सञ्चालित जल उत्पन्न प्रकोप ब्यवस्थापन तथा जलाधार ब्यवस्थापन आयोजनाहरूको कार्य सम्पादन व्यवस्थापन सम्बन्धी कार्यहरू गर्ने । आयोजनाहरुको अनुगमन तथा सुपरिवेक्षण, रेखदेख गर्ने, आवश्यक निर्देशन दिने, गुणस्तर नियन्त्रण गर्ने/गराउने तथा अनुगमन प्रतिवेदन तयार गर्ने ।
  • जल उत्पन्न प्रकोप ब्यवस्थापन तथा जलाधार ब्यवस्थापन कार्यहरुका लागि सस्तो एवं उपयुक्त प्रविधिहरुको विकास गर्ने, सोको प्रचारप्रसार गर्ने तथा मातहतका आयोजनाहरुमा उक्त प्रविधिहरुको कार्यान्वयन गर्न लगाउने ।
  • जल उत्पन्न प्रकोप सम्बन्धी सूचना संकलन तथा भण्डारण सहित जन समुदायलाई सूचित गर्ने, जन चेतना अभिबृद्धिका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने तथा आपतकालीन व्यवस्थापनका लागि कार्यक्रमहरु संचालन गर्ने ।
  • यस महाशाखा अन्तर्गतको सूचना तथा प्रगति विवरण समयमै योजना, कार्यक्रम तथा समन्वय महाशाखालाई उपलब्ध गराउने ।
  • प्रकोप व्यवस्थापनमा वैदेशिक सहयोगको लागि प्रादेशिक तथा वैदेशिक समन्वयका लागि योजना, कार्यक्रम तथा समन्वय महाशाखा सित समन्वय गर्ने ।
  • आपतकालिन व्यवस्थापनको लागि कार्यान्वयन कार्यविधि तयार गर्ने, आवश्यक पूर्व तयारी गर्ने तथा यस संग सम्वन्धित अन्य निकायहरुसंग समन्वय गर्ने  ।
  • जल तथा मौसम बिज्ञान विभागसंग आवश्यक समन्वय गरी बिपद् व्यवस्थापनसंग सम्वन्धित पूर्व तयारी र सूचना व्यवस्थापन एवं सम्प्रेषणको व्यवस्था मिलाउने ।
अल्का सुबेदी

अल्का सुबेदी

सि.डि.इ. (शाखा प्रमुख) आपतकालीन व्यवस्थापन शाखा
-

-

उपमहानिर्देशक जलउत्पन्न प्रकोप व्यवस्थापन महाशाखा
प्रेम लासिवा

प्रेम लासिवा

सि.डि.ई जलाधार व्यवस्थापन तथा प्रविधि विकास शाखा
बुद्धरत्न तुलाधार

बुद्धरत्न तुलाधार

सि.डि.इ. (शाखा प्रमुख) नदी व्यवस्थापन शाखा